काठमाडौं– मंसिर ९ गतेदेखि सशुल्क रुपमा धरहरा सञ्चालन गर्न सरकारले स्वीकृति दिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले तत्कालको लागि शुल्क लिएर धरहरा सञ्चालन गर्न स्वीकृति दिने निर्णय गरेको हो ।
विशिष्ट संरचना सञ्चालन र व्यवस्थापन विकास समिति गठन आदेश २०८१ बमोजिम धरहरा सञ्चालन नहुँदासम्म हाललाई अनुसुचिमा प्रस्ताव गरेबमोजिमको शुल्क लिइ मंसिर ९ गतेदेखि धरहरा सञ्चालन गर्न स्वीकृत दिने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको हो ।
धरहरा प्रवेश गर्दा लाग्ने शुल्कमा विद्यार्थी र ७० वर्ष कटेका ज्येष्ठ नागरिकलाई आधा छुट दिने निर्णय समेत भएको छ । १० वर्ष मुनिका बालबालिका शुल्क नलाग्ने भएको छ ।
प्रतिक्रिया