Logo

फोहोर व्यवस्थापन उच्चस्तरीय समितिको बैठकमा उपस्थित भएनन् बालेन

काठमाडौं– फोहोर व्यवस्थापन उच्चस्तरीय समितिको बैठकमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) अनुपििस्थत भएका छन् । शहरी विकास मन्त्रालयमा आइतबार बसेको बैठकमा उनी उपस्थित भएका छैनन् ।

शहरी विकास मन्त्री प्रकाशमान सिंहसहित मान्त्रालयमा उक्त बैठक बसिएको छ । बैठकमा ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनसहित धादिङको धुनिबेंसी नगरपालिका प्रमुख र नुवाकोटको ककनी गाउँपालिका अध्यक्ष बैठकमा सहभागी छन् । यस्तै बैठकमा प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, शहरी विकास मन्त्रालयका सचिवहरुको पनि उपस्थिती रहेको छ ।

उक्त बैठकमा बालेन भने उपस्थित भएका छैनन् । काठमाडौंको प्रतिनिधित्व प्रमुख कार्यकारीले गरेका छन् ।

बैठकमा हालसम्म भएका निर्णयहरुको समीक्षाका साथै बञ्चरेडाँडा ल्याण्डफिल साइटको हालको अवस्थाको छलफल र समाधानका उपायबारे छफलल गर्ने मुख्य एजेण्डा छ । यूतै काठमाडौं उपत्यकाको फोहोरको दीर्घकालीन समस्या समाधानका लागि भावी कार्यदिशा तयाुर गर्ने समेत बैठकको प्रमुख एजेन्डा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्