यू–१९ एसिया कपका लागि नेपाली राष्ट्रिय टोली घोषणा


काठमाडौं– हेमन्त धामीको कप्तानीमा यू–१९ एसिया कपका लागि नेपाली राष्ट्रिय टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ ९क्यान० ले आइतबार धामीको कप्तानीमा १५ सदस्यीय टिम घोषणा गरेको हो ।
टिममा हेमन्तसँगै अर्जुन कुमाल आकाश त्रिपाठी, उत्तम रङ्गु थापा मगर, मयन यादव, नरेन साउद, युनिसविक्रम सिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव, युवराज खत्री, रोशन विक, विपिन महतो, अप्राजित पौडेल, अभिषेक तिवारी र रन्जित कुमार रहेका छन् ।
क्यानले पूर्वराष्ट्रिय खेलाडी शक्ति गौचनलाई टोलीको प्रमुख प्रशिक्षक र धीरेन्द्र चन्दलाई सहायक प्रशिक्षकको जिम्मेवारी दिएको छ ।
यू(१९ एसिया कप मंसिर १४ देखि युएईमा सुरू हुँदैछ। एसिया कपमा नेपालले समूह ‘बी’ मा अफगानिस्तान, बंगलादेश र श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ। नेपालले आफ्नो पहिलो खेल मंसिर १४ मा श्रीलंकासँग खेल्ने कार्यक्रम छ। एसिया कपको समूह ‘ए’ मा भारत, पाकिस्तान, युएई र जापान छन्।
एसिया कपमा नेपालले दोस्रो खेल मंसिर १६ मा बंगलादेशसँग र तेस्रो खेल मंसिर १८ मा अफगानिस्तानसँग खेल्नेछ। समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्। सेमिफाइनल खेल मंसिर २१ र फाइनल २३ गते हुनेछ।