Logo

क्यानडाबाट फर्किएको भोलीपल्ट होटलमा झुण्डिएको अवस्थामा भेटीए दम्पत्ती

काठमाडौं– काठमाडौंको सिनामंगलमा एक दम्पत्ती मृत भेटिएका छन् ।

मृत हुनेहरूमा सुनसरी दुहवीका ३४ वर्षीय रमेश माझी र उनकी २९ वर्षीया श्रीमती शर्मिला माझी मृत भेटिएका हुन् । उनीहरू सिनामंगलस्थित जन्मभूमि होटलको बरण्डाको रेलिङमा कपडाको पासो लगाएर झुण्डिएको अवस्थामा मृत भेटिएको काठमाडौं परिसरका एसपी तथा प्रवक्रा नवराज अधिकारीले बताए ।

माझी दम्पत्ती हिजो (शनिबार) मात्रै क्यानडाबाट फर्केको खुलेको छ । २ वर्षअघि क्यानडा गएका उनीहरु शनिबार काठमाडौं फर्केका थिए । उनीहरू होटलमा पौन ७ बजे पुगेका थिए । चौथो तलाको १२० नम्बर कोठामा उनीहरु बसेका थिए ।

नृपाल फर्केर जन्मभूमि होटलमा बसेका उनीहरू पासो लगाएर झुण्डिएको अवस्थामा भेटिएका हुन् ।

केही पारिवारिक कारण दुबैजनाले आत्महत्या गरको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।

दम्पत्ती मृत भेटिएको होटल काठमाडौं महानगरपालिका–९ प्रकाश सन्यास आश्रम जाने बाटोमा पर्छ । पर्शुराम आचार्यको घर भाडामा लिएर खोटाङका रामजी कटुवालले जन्मभूमि होटल सञ्चालन गरेका हुन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस्