दुई सय रूपैयाँ तिरेर चढ्न मिल्नेगरि धरहरा खुला, १० वर्षमुनिका बालबालिकालाई भने शुल्क नलाग्ने


काठमाडौं– आजदेखि शुल्क तिरेर चढ्न मिल्नेगरि धरहरा सञ्चालनमा आएको छ । यसअघि परीक्षणका रूपमा संविधान दिवसको अवसर पारेर धरहरा निःशुल्क खुला गरिएको थियो । तर धरहरा खुलेको दुई महिना पुग्न नपाउँदै धरहराको लिफ्ट बिग्रीएपछि बन्द गरिएको थियो ।

बिग्रीएको लिफ्टको मर्मत गरेर हाल भने शुल्क तिरेर चढ्न मिल्नेगरि खुला भएको छ । धरहरा चढ्ने शुल्क स्वदेशी नागरिकलाई प्रतिव्यक्ति दुई सय रूपैयाँ तोकिएको छ। सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति पाँच सय तिर्नुपर्ने छ ।

सार्कबाहेक राष्ट्रका पर्यटकलाई प्रतिव्यक्ति एक हजार शुल्क निर्धारण गरिएको छ । शहरी विकास मन्त्रालयले गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा पेश गरेको प्रस्ताव स्विकृत गरेसँगै उक्त शुल्क निर्धारण र्भको हो । विशिष्ट संरचना सञ्चालन र व्यवस्थापन विकास समिति गठन आदेश २०८१ बमोजिम धरहरा सञ्‍चालन नहुँदासम्‍म यो शुल्क लागु हुनेछ ।

स्वदेशका नागरिकका हकमा धरहरा प्रवेश गर्दा लाग्ने शुल्कमा विद्यार्थी र ७० वर्ष कटेका ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिले आधा छुट पाउने भएका छन् । १० वर्ष मुनिका बालबालिकाको प्रवेश शुल्क भने लिने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।