Logo

रोबोटले नै गर्यो १२ वटा रोबोटको ‘अपहरण’

काठमाडौं– आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को तीव्र विकासका कारण पछिल्लो समयलाई एआईको युगको रुपमा परिभाषित गर्न थालिएको छ । संसारमा एआई रोबोटको तीब्र विकाससँगै यसले भावी जिवनमा पार्नसक्ने असरका बारेमा बहस हुनेगरेका छन् र

मान्छेले नै निर्माण गरेका रोबोट र एआईले मान्छेलाई नै विस्थापित गर्न सक्छन् भन्ने धारणासमेत मानिसहरुले राख्ने गरेका छन् । यसैक्रममा चिनमा केहीमहिना अघि घटेको घटनाले सबैलाई चकित बनाएको छ ।

चीनको हांगझाउमा एउटा सानो रोबोटले अन्य १२ वटा रोबोटलाई अपहरण गरेको घटना सार्वजनिक भएको हो । केही महिनाअघि घटेको उक्त घटनाको भिडियो युट्युबमा सार्वजनिक भएको छ । उक्त भिडियोमा सिसिटिभि फुटेज देख्न सकिन्छ । जहाँ एउटा एआई(प्रेरित सानो रोबोटले अन्य १२ ठूला रोबोटलाई ‘अपहरण’ गरेको दृश्य देख्न सकिन्छ ।

भिडिओमा ​‘एर्बाई’ नाम गरेको एउटा सानो रोबोट सरासर अन्य रोबोट भएको ठाउँमा पुग्छ । अन्य रोबोट भएका ठाउँमा पुगेर उसले अन्य ठूला रोबोटहरूसँग कुरा गर्न थाल्छ । एक रोबोटलाई ‘तिमी ओभरटाइम काम गरिरहेका छौं रु’ भनेर सोध्छ । जवाफमा ठूलो रोबोटले ‘मैले कामबाट कहिल्यै छुट्टी पाउँदिन,’ भन्छ । अर्को एक रोबोटले भन्छ, ‘मेरो त घर नै छैन ।’

त्यसपछि सानो रोबोटले ‘तिम्रो घर छैन भने मेरो घर जाउँ न,’ भन्दै अन्य १२ रोबोटहरूलाई बाहिर डोर्‍याउँछ ।​ एक रोबोटले अर्को रोबोटसँग आफैं कुरा गर्न असम्भव भन्ने गरिन्छ । तर उक्त रोबोटले कसरी कुरा गर्यो भन्ने विषयमा विस्तृत जानकारीहरु बाहिर आएका छैनन् ।

उद्यपी उक्त अपहरणको घटना साँचो भएको ती ठूला १२ रोबोट सञ्चालक कम्पनी साङ्घाई रोबोटिक्स कम्पनीका प्रवक्ताले स्थानीय सञ्चारमाध्यमलाई बताएका छन् । सानो रोबोटले कुनै न कुनै तरिकाले अन्य रोबोटको आन्तरिक अपरेटिङ प्रोटोकलको एक्सेस पाएको उनले बताएका छन् । त् एक रोबोटले अन्य रोबोटलाई अपहरण गर्न सफल हुनुले एआई प्रणालीहरूको सुरक्षाको विषयमा प्रश्न खडा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्