काठमाडौं– आसन्न स्थानीय तह उपनिर्वाचनमा कीर्तिपुर नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका राजमान मानव र नरेश श्रेष्ठ मिल्ने भएका छन् । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको अगुवाईमा दुई उम्मेदवार मिल्न लागेका हुन् ।
सोमबार साम्पाङको उपस्थितिमिा कीर्तिपुरको पाँगामा कार्यक्रम गरि मानव र श्रेष्ठ मिलेर जाने घोषणा गर्न लागिएको हो । स्वतन्त्र उम्मेदवारी दिएका राजमान सफाइ अभियान्ता हुन् भने श्रेष्ठ कानून व्यवसायी हुन् । स्रोतका अनुसार राजमानको पक्षमा माहोल बन्दै गएको हुँदा श्रेष्ठले आफ्नो उम्मेदवारी निष्कृय बनाउने सम्भावना छ ।
१६ मंसिरमा हुने उपनिर्वाचनका लागि कीर्तिपुर नगरपालिकामा प्रमुख पदमा दलका ९ र स्वतन्त्रका ११ जना उम्मेदवार छन् ।
निर्वाचन आयोगले सबै उम्मेदवारलाई चुनावचिन्ह प्रदान गरिसकेको छ । राजमानले केटा र केटी पाएका छन् भने श्रेष्ठले पानीको बोत्तल चुनाव चिन्ह पाएका छन् ।
प्रतिक्रिया