Logo

रविलाई काठमाडौं ल्याउन हवाई टिकट नपाएपछि…

फाइल फोटो

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सहकारी ठगीको बयानका लागि आज पोखराबाट काठमाडौं ल्याउने तयारी भएको छ ।

उनलाई आज बिहान ८ः४० बजेको बुद्ध एयरको हवाईजहाजबाट काठमाडौं ल्याइने बताइएको थियो । तर हवाई जहाजको टिकट नपाएपछि उनलाई कतिबेला काठमाडौं पठाउने निश्चित नभएको प्रहरीले जनाएको छ । आजै काठमाडौं पठाउने निर्णय भएपनि हवाई टिकट लगायतका कागजात प्राप्त भइ नसकेको प्रहरीको भनाइ छ ।

सहकारी ठगी प्रकरणमा पक्राउ कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई काठमाडौंबाट गत कार्तिक २ गते पक्राउ गरेको थियो । उनलाई यो बीचमा बयानका लागि रुपन्देही लगिएको थियो ।

काठमाडौंमा भने लामिछानेविरुद्ध कालिमाटीमा मुख्यालय रहेको स्वर्णलक्ष्मी सहकारीमा ठगी गरेको आरोप छ । आइतबारमात्रै लामिछाने कास्की जिल्ला अदालतले १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएपछि उनलाई काठमडौं ल्याउन लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्