Logo

घरको फोहोर रोडमा, हातमा महानगरको जरिवाना पत्र

काठमाडौं– कुलेश्वरमा घरको फोहोर सडकमा फ्याँक्नेलाई काठमाडौं महानगरपालिकाले जरिवाना गराएको छ । महानगरपालिकाको वडा नं १४ स्थित कुलेश्वरको सडकमा फोहोर फाल्ने कुबेर थापा नाम गरेको व्यक्तिलाई महानगरले जतिवाना गराएको हो । उनलाई १० हजार जरिवाना तिराइएको महानगरपालिकाले जनाएको छ ।

यस्तै महानगरले सडक हिलो बनाएको भन्दै सोमबार वडा नम्बर ४ स्थित मानश्री मार्गमा स्वता शाहलाई २५ हजार जरिवाना गराइएको थियो ।

यसअघि महानगरले गत शुक्रबार दरबारमार्गमा एमालेले आयोजना गरेको जागरण सभामा फोहोर गरेको भन्दै सत्तारुढ दल नेकपा एमालेलाई एक लाख रुपैयाँ जरिवाना तोकेको थियो ।

आइतबार पार्टी कार्यालयमै जरिवाना पत्र लिएर महानगरको टोली पुग्दा पत्र बुझ्न एमालेले स्विकार गर्न मानेको थिएन । सोपछि हुलाक र इमेलमार्फत् महानगरले पत्र पठाएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्