काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। सोमबार र मंगलबार गरी प्रतितोला १८ हजार पाँच सय रूपैयाँ घटेको सुनको मूल्य आज भने बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन नौ सय रुपैयाँले बढेको छ । सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार छ सय रूपैयाँ पुगेको छ ।
मंगलबार सुन प्रतितोला एक लाख ४८ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। प्रतितोला १० रूपैयाँले बढ्लै एक हजार आठ सय ३० रूपैयाँमा चाँदी कारोबार भइरहेको छ ।
मंगलबार चाँदी प्रतितोला एक हजार आठ सय २० रूपैयाँमा कारोबार भएको थियो।
प्रतिक्रिया