काठमाडौं– उद्योगहरूको बिजुली नकाट्ने नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले निर्णय गरेको छ ।
उद्योगहरूको लाइन नकाटी बक्यौता असुली गर्न विद्युत् नियमन आयोगले प्राधिकरणलाई निर्देशन दिइसकेको अवस्थामा बोर्डले यस्तो निर्णय गरेको हो ।
नियमन आयोगले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लाल अध्यक्षताको आयोगले तयार पारेको ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ सम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्नु नेपाल विद्युत् प्राधिकरणको ‘परम कर्तव्य’ भएको जनाएको छ ।
यसअघि मन्त्रिपरिषद्ले १५ दिनभित्र टीओडी मिटरको आधारमा बक्यौता असुल गर्ने व्यवस्था मिलाउन निर्देशन दिएसँगै प्राधिकरणले विद्युत जोडेको थियो । यद्यपी १५ दिनभित्र बक्यौता नतिरे पुन लाइन काट्ने चेतावनी प्राधिकरणले दिएको थियो ।
तर मंगलबार तोकिएको समय पुरा भइसकेपछि विद्युत नियमन आयोगले उद्योग लाइन नकाट्नु भनेर मंगलबार निर्देशन दिएको थियो । लाइन नकाट्न निर्देशन दिएपछि नै आज बैठक बसेर नै लाइन नकाट्ने निर्णय सञ्चालक समितिले गरेको जनाइएको छ ।
उद्योगीको बक्यौताको टीओडीमिटर समेतको आधारमा प्रशासनिक तथा प्राविधिक हिसाव गर्न सुरु भइसकेको प्राधिकरणले जनाएको छ ।
प्रतिक्रिया