Logo

प्रधानमन्त्री ओलीको चीन भ्रमणमा ४० सदस्यीय सरकारी टोली सहभागी हुने

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली मंसीर १७ मा चीन भ्रमणमा जाँदैछन् । चीन भ्रमणमा ओलीसहित ४० सदस्यीय सरकारी टोली सहभागी हुने भएको छ ।

सरकारी टोलीबाहेक उद्योगी व्यवसायी पनि भ्रमणमा जाने भएका छन् । उद्योगी व्यवसायी र सरकारी टोली गरेर नेपाली टोलीमा कतिजना हुन्छन् भनेर हालसम्म यकिन हुन सकेको छैन ।

यता प्रधानमन्त्रीको भ्रमणको तयारी गर्न परराष्ट्रमन्त्री आरजु राणा देउवा भोली चीन जाँदैछिन् । उनी शनिबार नेपाल फर्किएर पुनः सोमबार प्रधानमन्त्रीको टोलीसँगै चीन प्रस्थान गर्ने कार्यतालिका बनेको छ ।

चिनियाँ राष्ट्रपति सी चिनफिङसँग १८ मंसिरमा भेट हुनसक्ने परराष्ट्र स्रोतले जानकारी गराएको छ । तर यसको औपचारिक तालिका भने सार्वजनिक भएको छैन ।

 

प्रतिक्रिया दिनुहोस्