काठमाडौं– हास्यकलाकार मनोज गजुरेलले आफ्नो नाम गुगल सर्च गर्दाको अनुभव बाँड्दै रमाइलो घटना शेयर गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो नाम सर्च गर्दा कलाकार हरिवंश आचार्यको फोटो आएको र यसले चकित भएको उनले बताएका छन् ।
गजुरेलले लेखेका छन्, “अरू त सबै ठीकै छ कि, तर आफैंलाई गुगल गर्ने क्रममा प्रिय दाइ हरिवंश आचार्यको फोटो देखेर म चकित भएको छु । एकचोटि मदन दाइसँग स्टेजमा हरिवंश के बनेको थिएँ, सुन्दर पिचाईं (गुगलका सीईओ)लाई त म नै हरिवंश आचार्य जस्तो लागेछ ।’
गजुरेलले स्टाटससँगै गुगल सर्च रिजल्टको स्क्रिनसट सेयर गरेका छन् । जहाँ उनका तस्बिरहरुसँगै हरिवंशको एउटा फोटो पनि रहेको देख्न सकिन्छ । गजुरेलले थप लेखेका छन्, ‘एक पटक हरिवंश आचार्य बन्दा त गुगल अन्योलमा पर्यो भने पटक–पटक प्रचण्ड बन्दा भोलि मैले नै पाँच हजारको जिम्मा लिनुपर्ने हो कि?’
प्रतिक्रिया