राष्ट्रपति भवन शित्तल निवासमा करिब २ सय फिल्मीकर्मीहरुको उपस्थितीमा बुधबार बेलुकी ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान’ कार्यक्रम आयोजना गरियो ।
दिनेश डीसी अध्यक्ष भएपछि आयोजित पहिलो अवार्डमा विभिन्न १० विधामा पुरस्कार प्रदान गरियो ।
समारोहमा वि.सं २०८० सालमा रिलिज भएका फिल्महरु प्रतिस्पर्धामा थिए । जसमा, उत्कृष्ट फिल्म ‘बुलाकी’, उत्कृष्ट निर्देशक निश्चल बस्नेत(दिमाग खराब), उत्कृष्ट नायक विपिन कार्की (प्रसाद २), उत्कृष्ट नायिका स्वस्तिमा खड्का(दिमाग खराब) हुन सफल भए ।
यस्तै, उत्कृष्ट कथा राजबहादुर साने (बुलाकी), उत्कृष्ट छायांकार शिव ढकाल (बुलाकी), उत्कृष्ट सम्पादक मित्र डी गुरुङ (महाजात्रा) हुन सफल भए । सर्वाधिक हिट फिल्मको पुरस्कार ‘जारी’ले प्राप्त गर्यो ।
नायिका स्वस्तिमा खड्काले यसअघि फिल्म ‘बुलबुल’बाट ‘राष्ट्रिय चलचित्र पुरस्कार’ प्राप्त गरेकी थिइन् । दोस्रो पटक पुरस्कार पाउँदा निकै खुशी लागेको उनले बताइन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले विजेताहरुलाई पुरस्कार प्रदान गरेका थिए । कार्यक्रममा संचार, सूचना तथा प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङको पनि उपस्थिती थियो ।
प्रतिक्रिया