काठमाडौं– भारतको लखनउबाट आगरा गएको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना डाक्टर गम्भिर घाइते भएका भएका छन् ।
मृत्यु हुनेमध्ये तीन जना आवासीय चिकित्सक रहेको स्थानीय सञ्चारमाध्यमले लेखेका छन् । उक्त जीप प्रति घण्टा १३० को गतिमा गुडिरहको थियो । तिव्र गतिका कारण सडक डिभाइडरमा ठोक्किएर स्कार्पियो जिप दुर्घटनामा परेको हो ।
जीपमा सवार सबैजना साथिको बिहेमा सहभागी हुन जाने क्रममा दर्घटना परेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया