जाडो महिनामा किन बढ्छ हाडजोर्नीको दुखाई?


जब जब जाडो महिना सुरु हुन्छ । हाडजोर्नीको दुखाईका समस्या भएका मानिसलाई दैनिकी पूरा गर्न नि निकै कष्टकर बन्न जान्छ । मौसममा तापक्रम घटेसँगै शरीरका जोर्नीहरू दुख्न थाल्छन् । ढाड, कम्मर, हातका औंला, गोलीगाँठो, पिंडौला दुख्ने वा करकर खाने वा सुन्निने समस्या देखिन्छन् ।

बिहान उठ्ने बेलामा हातखुट्टा अररो हुने, कुर्कुचा दुख्ने, पाइताला पोल्ने वा झमझमाउने, हात, खुट्टा वा जीउ अररो हुने, घुँडा सुन्निने वा दुख्नेजस्ता समस्याले हरुबाट पिडीत हुनेगरेका छन् ।

यस्तो किन हुन्छ?
यस्ता लक्षणहरु बाथ रोगका कारण देखिन्छन् । बाथरोग एक प्रकारको अटोइम्युन रोग हो । आफ्नै शरीरको रोगप्रतिरोधी क्षमतामा गडबडी हुँदा जीवाणुसँग लड्ने कोषिकाहरुको क्षमता गुमाएको अवस्थालाई अटोइम्युन भनिन्छ । यस्तो बेला जोर्नीमा समस्या आएर बाथरोग देखापर्छ ।

बाथरोगका कारण जोर्नीको दुखाइ जुनसुकै समयमा पनि महसुस हुन्छ । तर बाथरोगले बढी समस्या भने जाडोयाममा निम्त्याउने गरेको छ । चिसोका कारण दुखाइ बढी अनुभव हुनेभएको हो । जाडोयाममा नसा खुम्चिएर रक्तप्रवाह कम हुने, मांसपेशी खुम्चिने लगायतको समस्या हुने गर्छ । यसले हाडजोर्नीको दुखाइ छन् बढाउने गर्छ ।

जाडोयाममा जोर्नी दुखाइ हाम्रो खानपानका कारण पनि बढ्ने गर्दछ । यस समयमा प्रोटिनयुक्त खानेकुरा र मदिराको समेत अधिक उपभोग गर्दा शरीरको तौल बढ्ने र प्रोटिनको मात्रा उच्च हुन्छ । शरीरमा प्रोटिनको मात्रा धेरै हुँदा युरिक एसिडका कारण हुने बाथको जोखिम बढ्छ ।

दुखाई कम गर्नका लागि के गर्ने?
जाडोका कारण बढी दुखाई हुनेभएकाले जाडोमा शरीरलाई न्यानो राख्नु निकै जरुरी हुन्छ । बाक्लो कपडा लगाएर शरीरलाई न्यानो राख्ने, तातोपानी मात्र पाउने, कोठामा हिटरको प्रयोग गरेर कोठालाई न्यानो राख्ने, शरिरलाई तातो राख्न हट वाटर ब्यागले सेक्ने गर्नुपर्छ ।

शरिरमा व्यायाम पुग्यो भने यसले जोर्नीको चाल बढ्छ । जसकारण दुखाई कम महसुस हुन्छ । त्यसैले योग गर्ने, हिँड्ने जस्ता व्यायाम बाथरोगीका लागि राम्रो हुन्छ ।

यस्तै तातो खानेकुरा खाने, जोर्नीहरूलाई बलियो बनाउन मद्दत पुर्याउने माछा, अण्डा र ओखर जस्ता खानेकुरा खानु उपयुक्त हुन्छ । तनाव धेरै लिने गरेमा त्यसले पनि जोर्नीको दुखाइलाई बढाउने गर्छ । त्यसैले तनाव कम नलिनु नै बाथरोगीको लागि उपयुक्त हुन्छ । योग, ध्यान र श्वासप्रश्वासको अभ्यास गरेर तनावलाई कम गर्न सकिन्छ ।

बाथको समस्यालाई बढ्न नदिन डाक्टरले तोकेको औषधि समयमै सेवन गर्नु अति आवश्यक हुन्छ । नियमित रूपमा औषधि सेवन गर्नाले बाथको लक्षण सुधार गर्न र दैनिक दिनचर्यालाई सजिलो बनाउन सकिन्छ ।