काठमाडौं– जनमत पार्टीले सरकारलाई दिएको समर्थन नगर्ने स्पष्ट पारेको छ । पछिल्लो समय सरकार र जनमत पार्टी बीच विवाद उत्पन्न भएकाले पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता गर्ने चर्चा चलेको थियो ।
जनमतकी सांसद गोमा लाभ सापकोटालाई हटाउन पटक पटक पार्टीले पत्राचार गरेपनि सभामुख देवराज घिमिरेले नहटाउने निर्णय लिएका थिए। पार्टीका अध्यक्ष सीके राउतले कम्बोडियाको प्रधानमन्त्री सामडेक हुन मानेटलाई भेट्दा नेपाली प्रधानमन्त्री केपी शर्मा ओलीप्रति कटाक्ष गरेका थिए ।
सामाजिक सञ्जालमा उनले लेखेका थिए,‘ कम्बोडियाका प्रधानमन्त्री सामडेक हुन मानेट सँग भेटवार्ता । बरू, नेपालकै प्रधानमन्त्री भेट्न साह्रै गाह्रो ।’
सरकारको निर्देशन अनुसार सभामुखले आफ्नो सांसद नहटाएको प्रतिक्रिया र पार्टी अध्यक्षको प्रधानमन्त्रीप्रति कटाक्षले जनमले सरकारलाई दिएको समर्थन फिर्ताले चर्चा चलेको हो ।
जनमतका प्रवक्ता शरदसिंह यादवले सरकारलाई दिएको समर्थन फिर्ता नलिने बताएका छन् । मधेशमा सरकार परिवर्तन हुनु र केन्द्रमा समर्थन गर्ने कुरा फरक रहेको भन्दै उनले सरकारको समर्थन फिर्ता नलिने स्पष्ट पारेका हुन् ।
प्रतिक्रिया