चालु आवको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक


काठमाडौं– नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ ।नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिले गरेका सबै व्यवस्थालाई यथावत् राख्दै मौद्रिक नीतिको समीक्षा सार्वजनिक गरेको हो ।

गत साउन ११ गते आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गरिएको थियो ।राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामा कुनै पनि नीतिगत फेरबदल भने गरेको छैन । मौद्रिक नीतिको विद्यमान नीतिगत दरलाई ५ प्रतिशत, ब्याजदर करिडोरअन्तर्गतको तल्लो सीमाको रूपमा रहेको निक्षेप संकलन दरलाई ३.०० प्रतिशत र ब्याजदर करिडोरअन्तर्गतको माथिल्लो सीमाको रूपमा रहेको बैंक दरलाई ६.५ प्रतिशतमा यथावत राखिएको छ ।