‘जारी’ले ‘राष्ट्रिय चलचित्र पुरस्कार’ नपाउँदा किन भइरहेको छ आलोचना ?


 

बुधबार आयोजना भएको ‘राष्ट्रिय चलचित्र पुरस्कार’लाई लिएर विभिन्न खालका चर्चा र आलोचना भइरहेको छ । मुख्यतया, दुई कुरामा यो पुरस्कारको आलोचना सुन्न सकिन्छ ।

पहिलो, ‘उत्कृष्ट निर्देशक’को पुरस्कार निश्चल बस्नेतले फिल्म ‘दिमाग खराब’बाट पाउँदा ‘उत्कृष्ट फिल्म’ भने ‘बुलाकी’ भयो । यो बिषयमा विवादमा स्वरहरु सुनिएका छन् । निर्देशक उत्कृष्ट नहुने, फिल्म उत्कृष्ट हुने कसरी भन्ने प्रश्न पनि उब्जिएको छ । किनकी, फिल्म भनेको त निर्देशककै सिर्जना हो ।

तर, गतबर्षको सर्वाधिक कमाई गरेको र समीक्षागत रुपमा पनि चर्चा पाएको फिल्म ‘जारी’ले कुनै पनि विधामा अवार्ड पाएन । यो फिल्मलाई सर्वाधिक कमाई गर्न सफल फिल्म भनेर अवार्ड प्रदान गरियो । तर, मुख्य विधामा फिल्म बन्चित हुन पुग्यो ।

मुख्य विधामा ‘जारी’को नाम नै नआएपछि आलोचना भइरहेको छ । यो फिल्म हरेक कोणबाट राष्ट्रिय चलचित्र पुरस्कार जित्नका लागि लायक फिल्म हो भन्नेहरु पनि छन् । कोही भने अवार्डमा जसले पाउँदैन उसले विरोध गर्छ पनि भनिरहेका छन् । यो फिल्मकी नायिका मिरुना मगर पनि समारोहमा पुगेकी थिइन् । तर, उनी रित्तो हात फर्किइन् ।

‘राष्ट्रिय चलचित्र पुरस्कार’ कहिले पनि विरोधबाट बाहिर निस्कन सकेको छैन । यसपटक, पनि यो पुरस्कारलाई लिएर असन्तुष्टीका स्वरहरु सुनिएका छन् ।