एकैदिन १६ सयले बढ्यो सुनको भाउ


काठमाडौं– नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ। बिहीबार प्रतितोला तीन सय रूपैयाँ घटेको सुनको मूल्य आज भने एक हजार छ सय रूपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार नौ सय रूपैयाँमा कारोबार भइरहेको छ। बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४९ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । प्रतितोला ४५ रुपैयाँले बढ्दै आज चाँदीको मूल्य एक हजार आठ सय ४५ रूपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी प्रतितोला एक हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो।