कैलाली– अछाममा एक प्रहरीले आफैँलाई गोली प्रहार गरेका छन् । प्रहरी सहायक निरीक्षक (असई) किसनबहादुर चन्दले बिहीबार राति आफैंमाथि गोली प्रहार गरेका हुन् ।
तुर्माखाद गाउँपालिका–३ मा प्रहरी सहायक निरीक्षक चन्दले आफैंले बोकेको पेस्तोलले बायाँ छातीको माथिल्लो भागमा गोली प्रहार गरेका थिए । घटना लगत्तै चन्दलाई उपचारका लागि लगिएको थियो ।
उनको तत्काल उनको उद्धार गरेर अभइरहेको प्रहरीले जनाएको छ। अहिले चन्दको अवस्थामा पनि खतरा मुक्त रहेको छ । चन्द बोल्न सक्ने अवस्थामा आएका छन् ।
चन्दले आफैँमाथी गोली प्रहार गरेको घटनाका विषयमा छानबिन गर्न इलाका प्रहरी कार्यालय कमलबजारका प्रमुख प्रहरी निरीक्षक हर्षबहादुर चन्दको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ ।
चन्दले गोली प्रहार गर्नुको कारण नखुलेकाले छानबिन समितिले अध्ययन गरेपछि धेरै कुरा खुल्ने प्रहरीले जनाएको छ ।
प्रतिक्रिया