रविको आजको बयान सकियो, अब आइतबार लिइने


काठमाडौं– रास्वपा असकिएको छ । सहकारीको रकम अपचलन लगायतको मुद्दामा बयानको लागि पोखराबाट काठमाडौं ल्याइएका लामिछानेको बयान आइतबार पुनः लिने गर्ने गरी आजलाई सकिएको हो ।

बिहान करिब साढे नौ बजेदेखि चलेको बयान अपराह्न करिब चार बजेसम्म चलेको हो । जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता खडिन्द्र कट्वाल नेतृत्वमा बयान लिइएको थियो ।

स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनको आरोप लामिछानेमाथि छ । शनिबार बिदा भएकाले उनको बयान हुनेछैन। स्वर्णलक्ष्मी सहकारी ठगीको आरोपमा उनीसँग बयान गराएपछि पुनः पोखरा नै फर्काइने छ।

उनीविरुद्ध ५ वटा सहकारी ठगीको आरोपमा अनुसन्धानन भइरहेको छ। पोखराको स्वर्णलक्ष्मी सहकारी ठगीको आरोपमा कात्तिक २ काठमाडौँबाट पक्राउ गरेर पोखरा लगिएको थियो।

पोखरामा अझै अनुसन्धान सकिएको छैन। प्रहरीले उनीविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुद्धिकरणको कसुरमा पनि अनुसन्धान गरिरहेको छ। यी कसुरमा प्रहरीले ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउँछ।