नायिका गरिमा शर्मालाई सहायक नायिकाको रुपमा नै करिअर अगाडि बढ्छ कि भन्ने चिन्ता थियो । ‘लण्डन टू पेरिस र ह्रस्व दीर्घ’मा काम गरेपनि उनलाई दर्शकले खासै नोटिस गरेनन् । उनको भूमिका पनि पावरफूल भएन, फिल्ममा समय पनि उनले लामो पाइनन् ।
तर, अब उनको करिअरमा केही परिवर्तन हुने संभावना बढेको छ । सिमोस सुनुवारको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘जन्ते बाख्रो’मा गरिमा मुख्य नायिकाको रुपमा अनुवन्धित भएकी छिन् ।
गरिमासँग निर्माणपक्षले शुक्रबार कागजी संझौता गरेको हो । वुझिएअनुसार, गरिमा अडिसनबाट नै यो फिल्ममा छानिएकी हुन् । ४ सय भन्दा बढीले अडिसन दिएका थिए, जसमा गरिमा मुख्य नायिकाको रुपमा अनुवन्धित भएकी छिन् ।
मुख्य नायिकाको रुपमा अनुवन्धित भएपछि गरिमा खुशी देखिएकी छिन् । यसले, आफ्नो करिअरलाई नै अगाडि बढाउन मद्दत मिल्ने उनको वुझाई छ ।
यो फिल्ममा प्रदीप भारद्धाजको लेखन छ । फिल्मको छायांकन केही महिनामा सुरु हुनेछ । फिल्ममा गरिमाले नायक सौगात मल्लसँग रोमान्स गर्नेछिन् । फिल्ममा आशिफ शाहको पनि मुख्य भूमिका रहनेछ । फिल्ममा गरिमा कसको जोडी हुन् भन्ने खुलाइएको छैन ।
प्रतिक्रिया