नायिका वर्षा राउत नायक विपिन कार्कीको साथमा पुर्वका जिल्लामा पुगिन् । उनी, विपिनसँग पूर्वका जिल्लामा जानुको कारण हो, फिल्म ‘तेल भिसा’ ।
यो फिल्म रिलिजको दोस्रो सातामा छ । फिल्मको व्यापार अपेक्षित छैन । बिदाका दिनमा फिल्मको व्यापारमा केही सुधार देखिएपनि अन्य दिनमा हलमा दर्शकको उपस्थिती न्यून छ ।
विपिन र वर्षाले एकसाथ फिल्ममा काम गरेर डबल ह्याट्रिक पार गरिसकेका छन् । तर, ‘जात्रा’को सिरिजबाहेक अन्य फिल्मले उनीहरुलाई सुख दिन सकेको छैन । ‘तेल भिसा’ पनि यी दुइका लागि खासै सुखद बन्न नसकेको प्रष्ट छ ।
यसैले, यो जोडी अहिले फिल्मको प्रचार र रिलिजपछि दर्शक भेट्न दौडधुप गरिरहेको छ । यसले, कही न कतै दर्शकमाझ आफूहरुको जोडी हिट भएको सन्देश दिन मनसाय पनि हुनसक्छ ।
तर, यसपटक यो फिल्ममा दर्शकले वर्षा र विपिनको अभिनयलाई खासै तारिफ गरेनन् । बरु, फिल्मका मुख्य दुई नायिका पूजा चन्द र ऋचा घिमिरेले तारिफ कमाइरहेका छन् । यसैले, वर्षा र विपिन दर्शक भेट्न कुदिरहेका छन् ।
प्रतिक्रिया