स्थानीय तह उपनिर्वाचनः २५ प्रतिशत मत खस्यो


काठमाडौं– स्थनीय तहका विभिन्न ४१ रिक्त पदका लागि आज उपनिर्वाचन भइरहेको छ । हालसम्म शान्तिपूर्ण ढंगले मतदानको काम भइरहेको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार बिहान ११ बजेसम्म २५ प्रतिशत मत खसिसकेको छ ।

यसपटक मेयर, उपमेयर, अध्यक्ष÷उपाध्यक्ष र वडाध्यक्ष पदमा मतदान भइरहेको छ ।