नायक पल शाहको दौड महोत्सवमा गज्जब छ । उनी, हरेक दिन देशका विभिन्न स्थानमा आयोजना भइरहेका महोत्सवमा पुगिरेहका छन् ।
महोत्सवमा पुग्दा उनको क्रेज पनि गज्जब नै देखिन्छ । फ्यानहरु उनलाई हेर्न, छुन र भेट्नका लागि तछाडमछाड गर्नछन् । पल पनि फ्यानसँग निकै राम्रो तरिकाले प्रस्तुत हुन्छन् ।
महोत्सवमा पुग्दा पलले महंगो पैसा लिन्छन् । तर, महंगो पारिश्रमिकका वावजुत पनि उनलाई महोत्सवमा लैजानका लागि आयोजकबिच तछाडमछाड नै चल्छ । आखिर, किन यस्तो भएको होला ?
पललाई लगेपछि आयोजक नाफामा जान्छन् । उनलाई हेर्न ठूलो भिड महोत्सवमा लाग्छ । यहीकारणले गर्दा उनलाई महोत्सवमा आयोजकले हेलिकप्टरमा समेत लैजाने गरेका छन् । तर, पलको महोत्सवमा जुन खालको क्रेज देखिएको छ, त्यस्तो क्रेज फिल्म हलमा भने देखिएको छैन ।
उनको मुख्य भूमिका रहेको फिल्म ‘रावायण’ बक्स अफिसमा असफल भएपछि उनको स्टारडमलाई लिएर प्रश्न पनि उठिरहेको छ । पल शाहको महोत्सवमा देखिएको क्रेज फिल्मको पर्दामा किन देखिएन भन्ने प्रश्न सर्बत्र छ ।
पलले अब आफूलाई पर्दामा पुष्टि गर्न आवश्यक छ । यदि, उनले रिलिज हुन लागेको फिल्म ‘मायाबी’बाट आफूलाई पुष्टि गर्न सकेनन् भने उनलाई गाह्रो पर्नेछ । तर, महोत्व र म्युजिक भिडियोमा भने उनको माग गज्जब देखिन्छ ।
प्रतिक्रिया