यहि मंसीरमा लगनगाँठो कस्दै प्रचण्डकी नातिनी, चिनाइन् प्रेमी


काठमाडौं– गायिका स्मिता दाहालले मंसीर २१ गते प्रेमीसँग लगनगाँठो कस्दैछिन्। केही दिनअघि स्मिताले बबरमहलका २७ वर्षिय सायुज्य श्रेष्ठलाई प्रेमीको रुपमा चिनाउँदै उनी आफ्नो जीवनसाथी हुन लागेको बताएकी हुन् ।

यी दुईबीच इन्गेजमेन्ट भैसकेको छ भने गोकर्णस्थित नर्लिङ रिसोर्टमा विवाह समारोहको आयोजना गरिएने बताइएको छ ।

स्मिताले सायुज्यसँग विद्यालय समयदेखि नै प्रेमसम्बन्ध रहेको खुलाउँदै केहिदिन अघि इन्ट्राग्राममा क्याप्सनसहिन तस्बिरहरु शेयर गरेकी थिइन् ।
२६ वर्षिया स्मिताले लेखेकी छिन्, ‘मेरो माया, कलेजको बेन्चहरूमा लुकेर हेराहेर गर्दादेखि सधैंको लागि योजना बनाउँदासम्म । हामीले मात्र बुझ्न सक्ने यो हाँसो, अबेर रातीसम्मको कुराकानी र शान्त क्षणको यात्रा । साथीदेखि मेरो माया र अहिले सँधैको लागि । तिमीले ल्याएका हरेक खुसीको लागि धन्यवाद । मेरो औंला वरिपरि बेरिएको वाचाको लागि र मलाई संसारको सबैभन्दा भाग्यशाली हृदय बनाएकोमा धन्यवाद । यहाँ हाम्रो सुरुवातको लागि, यी हातले बनाएका सपना, माया, हाँसो र अनन्त सुन्दर सम्झनाको जीवनको लागि । म तिम्रो हुनको लागि पर्खन सक्दिन, सधैं र सधैं । मेरो सारा हृदयले, तिम्रो ।’

व्यवसायी सायुज्यले एमबीए अध्ययन गरेका छन् । स्मिताले भने अन्तर्राष्ट्रिय बजार व्यवस्थापन विषयमा स्नातकोत्तर गरेकी छन् । ‘मायालु तिमी कता छौ’ की हित गायिका पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी हुन् ।