काठमाडौं– सरकारले चालु आर्थिक वर्ष २०८१/८२ को लागि उखुको उत्पादन लागत, ढुवानी भाडा र मुनाफासमेत गरी कृषकले उत्पादन गरेको उखुको न्यूनतम खरिद मूल्य प्रति क्विन्टल–५८५ रुपैयाँ निर्धारण गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सो मूल्य निर्धारण गरेको सरकारका प्रवक्ता तथा सूचना एवं सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
त्यस्तै बिहीबार बसेको बैठकले मङ्सिर १७ देखि २० गतेसम्म प्रधानमन्त्री केपी शर्मा ओलीबाट हुने मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा सहभागी हुने प्रतिनिधिमण्डल गठन गर्ने तथा भ्रमण ्र स्वीकृत गर्ने पनि निर्णय गरेको छ ।
त्यस्तै काठमाडौंको गोकर्णेश्वर नगरपालिकालाई नगरपालिकाको प्रशासकीय भवन निर्माणको लागि सरकारी जग्गा उपयोग गर्न स्वीकृति दिने निर्णय पनि गरेको मन्त्री गुरुङले जानकारी दिए ।
प्रतिक्रिया