नायिका वर्षा राउत अहिले फिल्म ‘तेल भिसा’को प्रचारमा छिन् । उनी, विशेषगरि फिल्मका नायक विपिन कार्कीसँग बढी फिल्मको प्रचारमा देखिन्छिन् । तर, फिल्मका निर्देशक शंकर घिमिरे र निर्माता तथा नायिका ऋचा घिमिरेसँग भने उनको सम्बन्ध सुमधुर देखिएको छैन । यो सम्बन्ध फिल्म ‘तेल भिसा’को अमेरिकाको छायांकनमा नै देखिएको हो ।
हालै मात्र ऋचा र शंकरले दिएको एक अन्तरवार्तामा पनि यो कुरा उनीहरुले खुलाएका छन् । विशेषगरि, वर्षा राउतले आफूहरुलाई पुरानो निर्माता भनेर हेपेको हुनसक्ने भनाई उनीहरुको छ ।
अमेरिकामा एक दिन फिल्मको छायांकन नहुँदा ५–७ हजार डलर घाटा लाग्ने गरेको र वर्षाका कारण एक दिन छायांकन रोकिएको शंकरको भनाई छ ।
फिल्मको प्रचारमा पनि सुरुवातमा वर्षाले समय दिएकी थिइनन् । पछि, उनी फिल्मको प्रचारमा जोडिएकी थिइन् ।
नायिका राउत र टिमका एक सदस्यको झगडा परेको खुलासा समेत शंकरले गरेका छन् । यसले, वर्षा राउतले काम गर्दा फिल्मको टिमलाई दुःख दिएको देखिन्छ ।
वर्षा भने निरन्तर नायक विपिन कार्कीसँग नै काम गरिरहेकी छिन् । उनी विपिनसँग नयाँ फिल्म ‘पहाड’मा काम गर्दैछिन् ।
प्रतिक्रिया