फर्किदैछ करिअर, महंगिदैछन् आर्यन


कुनै समयका नम्बर १ नायक आर्यन सिग्देलको करिअर बिचमा सुस्तायो । उनको हातमा फिल्मको अभाव देखियो । आर्यनका फिल्मले बक्स अफिसमा कमजोर व्यापार गरेपछि उनलाई लिएर फिल्म बनाउन पनि निर्माताहरु खासै रुची देखाएनन् ।

तर, फिल्म ‘पुजार सार्की’ चलेपछि भने आर्यनको दिन फर्किएको महशुश गरिएको छ । आर्यनको हातमा फिल्मको अभाव छैन ।

करिअर फर्किएपछि आर्यन पनि महंगो हुन थालेका छन् । विशेष श्रोतले दिएको जानकारी अनुसार, एक फिल्मका लागि आर्यनले २५ लाख पारिश्रमिक मागेका छन् ।

आर्यनले उक्त फिल्म साइन भने गरेका छैनन् । आर्यन अहिले निर्देशक दिनेश राउतको क्याम्पमा छन् । उनले दिनेशको नयाँ फिल्म ‘महाभोज’मा पनि काम गर्दैछन् ।
आर्यनले फिल्म ‘के घर के डेरा २’को छायांकन समेत सकाएका छन् । उनी अब फिल्म ‘महाभोज’मा काम गर्ने तयारीमा छन् ।

आर्यनले फिल्म ‘छक्का पन्जा ५’मा गरेको केमियो भूमिकालाई पनि दर्शकले रुचाएका थिए । उनको ‘रंगेली’मा गरेको केमियोलाई पनि दर्शकले रुचाए । तर, आर्यन सिग्देलको महंगो पारिश्रमिक डिमाण्डले फिल्मीकर्मीलाई भने अचम्मित बनाइदिएको छ ।