घट्यो सुन–चाँदीको मूल्य


काठमाडौं– नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा एक हजार दुई सय रुपैयाँले घटेको हो ।

महासंघका अनुसार आज सुनको मूल्य १ लाख ४९ हजार ३०० रुपैयाँ तोकिएको छ । आइतबार सुनको मूल्य तोलामा १ लाख ५० हजार ५०० रुपैयाँ कायम भएको थियो ।

आज चाँदीको मूल्य पनि घटेको छ । आइतबार तोलामा १ हजार ८४० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबार घटेर तोलामा १ हजार ८१५ रुपैयाँ कायम भएको हो ।