फिल्म ‘नांगो गाउँ र दुखी आत्मा’ निर्माण गरेका निर्माता हिमाल कडरियाले नयाँ फिल्म निर्माण गर्ने तयारी गरेका छन् । उनले, निर्माण गर्न लागेको नयाँ फिल्मको नाम ‘महाभोज’ राखिएको छ । यो फिल्मको छायांकन माघको १ गतेबाट सुरु गर्ने तयारी निर्माणपक्षको छ ।
यो फिल्ममा दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, मिरुना मगर, अञ्जना बराइली, मलिका महत, अनुप विक्रम शाही, वुद्दि तामाङ, कमलमणि नेपाल लगायतका कलाकारहरुको अभिनय रहनेछ । खगेन्द्र र आर्यनले फिल्म ‘के घर के डेरा २’पछि यो फिल्ममा सहकार्य गर्न लागेका हुन् ।
कडरियाको क्लक वर्क क्रियशनले यो फिल्मको निर्माण गर्न लागेको हो । यो फिल्मले सर्वसाधारणको जीवन र भरोसामाथि खेलवाड गर्नेहरुको विरुद्धको कथा भन्नेछ । यो फिल्मलाई दिनेश राउतले निर्देशन गर्दैछन् ।
प्रतिक्रिया