काठमाडौं– मंगलबार सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा सुनको मूल्य बढेर आज तोलामा १ लाख ५० हजार ३०० रुपैयाँ कायम भएको हो ।
यसअघि सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४९ हजार ३०० रुपैयाँ कायम थियो ।
यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा १ हजार ८१५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बढेर तोलामा एक हजार ८४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया