नायक विराज भट्ट फिल्म ‘बलिदान’को सेटमा भेटिएका छन् । छोरा समिर भट्टको मुख्य भूमिका रहेको फिल्मको सेटमा विराज देखिनु अर्थपुर्ण छ । सन्तोष सेनको निर्देशनमा तयार भइरहेको फिल्मको पुर्वमा छायांकन भइरहेको छ । पुर्वमा अन्तिम चरणको सेड्युलमा यो फिल्मको छायांकन भइरहेको हो ।
छायांकन सेटमा पुगेका विराजले टिमका सदस्यहरुसँग कुराकानी गरिरहेको देख्न सकिन्छ । नायक भट्टको यो फिल्ममा अभिनय छ या छैन खुलेको छैन । तर, अहिलेसम्म निर्माणपक्षले भने विराजको अभिनय रहेको वा नरहेको बिषयमा केही पनि बताएको छैन ।
विराज आफ्ना छोरा समीरको काम हेर्नका लागि सेटमा पुगेको अनुमान लगाउन सकिन्छ । किनकी, विराज आफ्ना छोरा समीरलाई लिएर निकै गम्भिर छन् । समीरको पहिलो फिल्म ‘१२ गाउँ’ले बक्स अफिसमा धुम मच्चाएपछि उनको करिअर उचाइमा पुगेको छ । यस्तो अवस्थामा समीरको दोस्रो फिल्म पनि हिट हुन आवश्यक छ ।
फिल्म ‘बलिदान’को प्रदर्शन मिति तय गरिएको छैन । फिल्मको छायांकन सकिएको भोलिपल्ट टिजर सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरिने निर्देशक सेनको भनाई छ ।
प्रतिक्रिया