फिल्म ‘माइतीघर’को मुख्य भूमिकामा नायिका उपासना सिंह ठकुरी अनुवन्धित भएकी छिन् । उपासनालाई निर्माता रोहित अधिकारीले मुख्य भूमिकामा अनुवन्धित गरेका हुन् ।
फिल्ममा कलाकार केदार घिमिरे पनि फाइनल भइसकेका छन् । अन्य, स्टार कलाकारहरुलाई पनि फिल्ममा अनुवन्धित गर्ने तयारी गरिएको निर्माणपक्षले बताएको छ ।
रामशरण पाठकको लेखन रहेको फिल्ममा रविन शेरचन र धिरज तामाङको लगानी रहनेछ । फिल्ममा चन्द्रकुमार दोङ र ईश्वर श्रेष्ठ कार्यकारी निर्माताको रुपमा छन् ।
मिलन तामाङको निर्देशनमा बन्न लागेको यो फिल्मले एक चेली र माइतीबिचको सम्बन्धको कथा भन्नेछ । फिल्मको छायांकन केही महिनामा सुरु हुनेछ । आउँदो बर्षको दशैंको फूलपातिबाट यो फिल्म रिलिज गर्ने तयारी निर्माणपक्षको छ ।
फिल्म ‘खुस्मा’ चलेपछि उपासना फेरि दर्शकमाझ छाएकी छिन् । यसैले, उनलाई निर्माताले पनि फिल्ममा अनुवन्धित गरिरहेका छन् ।
प्रतिक्रिया