हाम्रो शरीरमा कुनै प्रकारको जन्मजात वा जीवनकालको क्रममा निस्किएको निशानीलाई कोठी भन्ने गर्छौं । भारतीय ज्योतिष शास्त्रको शाखा समुन्द्र विज्ञानमा शरिरमा भएको चिन्हको आधारमा व्यक्तिको भविष्यको विश्लेषण गरिन्छ । शरिरमा पाएको यो निशानीले हाम्रो भविष्य र चरित्रको बारेमा धेरै कुरा बताउँछ । धेरैपटक समयसँगै कोठी निस्कने गर्दछ भने कुनै गायब हुने गर्दछन् । कोठीले तपाईंको सबै प्रकारको शारिरिक, आर्थिक र चरित्रको बारेमा धेरै कुरा बतायको हुन्छ । सामान्यतया कोठी सबैको शरिरमा हुने गर्र्छ । कोठीले मानिसको सुन्दरतालाई पनि थप्ने काम गर्दछ । शरिरमा कोठी छ भने मानिसहरुले यसको फल के फल प्राप्त हुन्छ भन्ने जिज्ञासा राखेको हुन्छ । आज हामी तपाईंलाई निधार र टाउकोमा भयको कोठीले कस्तो प्रकारको संकेत गर्दछ भन्ने कुराको चर्चा गर्दैछौ ।
टाउकोको कोठी:
यदि टाउकोको दायाँ भागमा कोठी छ भने त्यस्ता व्यक्ति राजनीतिमा सफल हुने गर्छन् । यदि त्यो कोठी रातो र हरियो छ भने त्यस्ता व्यक्ति नेता हुन्छन् र उनीहरुले समूदाय र व्यवसायमा उच्चतम सफलता हाँसिल गर्नेछन् । यस्ता व्यक्तिहरु समाजमा प्रतिष्ठतसमेत हुने गर्छन् ।यदि कोठी टाउकोको बायाँ भागमा छ भने त्यस्ता व्यक्तिसँग पर्याप्त पैसा हुँदैन । साधारणतया यस्ता व्यत्तिले विवाह गर्दैनन् र आफ्नो जीवन घुमेर नै बिताउछन् । यस्ता व्यक्तिले आध्यात्मिक जीवनको नेतृत्व गर्छन् भने साहित्यमा पनि रुची राख्ने गर्छन् । टाउकोको पछाडिपट्टी कोठी छ भने यो महिलाको कमजोरीलाई दर्साउँछ । यस्ता पुरुषहरु आफ्ना महिलासँग निकै नजिक हुन्छन् । यी व्यक्तिले पैसा त टन्नै कमाउँछन् तर उनको समाजमा राम्रो नाम भने हुँदैन ।
निधारको कोठी :
निधारको मध्य भागमा रहेको कोठी निर्मल प्रेमको निशानी हुन्छ । यदि निधार ठूलो छ र यसको दाहिनेतर्फ कोठी छ भने यसले धन धेरै हुन्छ भनेर सूचित गर्छ । यस्ता व्यक्ति समूदायको धनीमानीमा गनिन्छन् र इज्जतदार हुन्छन्। यी व्यक्तिले अरुलाई पनि सहयोग गर्छन् र भगवानप्रति धेरै आस्थावान् हुन्छन् । निधारको दाहिनेतर्फको कोठीले कुनै विशेष कुरामा निपुणता दर्साउँछ भने बायाँ तर्फको कोठी फजुलखर्चको प्रतिक रुप हो । यस्ता व्यक्तिहरु स्वार्थी हुने भएका कारण उनीहरुलाई कसैले पनि सहयोग गर्दैनन् । निधारको सबैभन्दा माथि भएको कोठीको विषयमा अर्को धारणा रहेको छ । निधारको सबैभन्दा माथिपट्टीको दायाँ भागको कोठी धन वृद्धिकारक हुन्छ भने बायाँ तर्फको कोठी घोर निराशापूर्ण जीवनको सूचक हो ।
प्रतिक्रिया