काठमाडौं– भर्खरै सम्पन्न स्थानीय तह उपनिर्वाचनमा काठमाडौं महानगरपालिका वडा नम्बर १६ मा निर्वाचित वडाध्यक्षलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले शपथ गराएका छन् ।
मंगलबार आयोजित एक कार्यक्रमका बिच मेयर शाहले नवनिर्वाचित वडाध्यक्ष रोजिना श्रेष्ठलाई शपथ गराएका हुन् । शपथ ग्रहण कार्यक्रममा उपमेयर सुनिता डंगोललगायतको सहभागिता थियो भने । कार्यक्रममा श्रेष्ठलाई बधाई तथा शपथ कार्यकालको शुभकामना दिइएको थियो ।
काठमाडौँ महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधनपछि त्यहाँ आइतबार उपनिर्वाचन भएको थियो । उपनिर्वाचनमा कांग्रेस र एमालेका उम्मेदवारलाई पाखा लगाउँदै रास्वपाबाट श्रेष्ठ विजयी भएकी थिइन् । स्थानीय तह निर्वाचनमा पहिलोपटक होमिएको रास्वपाको प्रतिनिधित्व गर्ने श्रेष्ठ एक्लो जनप्रतिनिधिसमेत बनेकी छिन् ।
प्रतिक्रिया