काठमाडौं– विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप चार दिन हिरासतमा राख्न अनुमति मिलेको छ । काठमाडौं जिल्ला अदालतले प्रसाईंलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न मंगलबार प्रहरीलाई अनुमति दिएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियामा अबौँ लगानी गरेको भन्दै उनले विवादास्पद सामग्री सार्वजनिक गरेपछि सीआईबीले पक्राउ गरेको थियो । साइबर अपराध अभियोगमा उनी मंसिर ४ गते पक्राउ परेका थिए । उनले आफ्नो पक्राउ गैरकानुनी भएको भनेर यसअघि नै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट हालेपनि खारेज भएको थियो ।
राष्ट्रिय, राष्ट्रियता धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजकसमेत यसअघि पनि सामाजिक सञ्जालमा चरित्र हत्या गरेको आरोपमा पक्राउ परेका थिए । साइबर अपराध अभियोगमा पक्राउ परेका उनी त्यसबेला एक लाख धरौटीमा रिहा भएका थिए ।
प्रतिक्रिया