पौषको १० गतेबाट छायांकनमा जान लागेको फिल्म ‘कल्ली’मा कलाकारहरुको लाइनअप बलियो बनिरहेको छ । एकपछि अर्को पावरफूल कलाकारहरु भित्रिएपछि लाइनअप बलियो बनेको हो ।
फिल्ममा नायक नाजिर हुसेन र नायिका वर्षा राउतको प्रवेश भएको छ । फिल्मका निर्माता किरण नेपालीले दुबै कलाकारहरुसँग कागजी रुपमा संझौता गरेको पुष्टि गरे । यी दुबै कलाकारहरुको भूमिका के हो भन्ने बिषयमा केही पनि खुलाइएको छैन ।
फिल्ममा फिल्ममा नायक सौगात मल्ल, अर्पण थापा, वुद्दि तामाङ, कमलमणी नेपाल र नायिका बेनिशा हमाल फाइनल भइसकेका छन् । केही साता अगाडि मात्र कलाकार उत्तम प्रधानलाई पनि फिल्ममा भित्राइएको थियो । यस्तै, फिल्ममा माओत्से गुरुङ, रविन्द्र झा, विनोद न्यौपाने, रेअर राई पनि फाइनल भइसकेका छन् ।
रेड बर्ड प्रोडक्सन र कस्तुरी प्रोडक्सनको संयुक्त व्यानरमा निर्माण हुन लागेको फिल्ममा निसाल पौडेलको छायांकन, एसडी योगीको संगीत, रामजी लामिछानेको कोरियोग्राफी रहने पक्का भइसकेको छ ।
किरण नेपालीको लगानीमा बन्न लागेको यो फिल्ममा लक्ष्मण सुनारको लेखन एवं निर्देशन रहनेछ । फिल्मको पटकथा तथा संवाद महेश दवाडीले लेखेका हुन् ।
फिल्मको कथावस्तु यसपटक निकै फरक रहेको निर्माणपक्षको दाबी छ ।
प्रतिक्रिया