मंगलबार भगवान गणेशको पूजा गर्ने विशेष दिन हो। धार्मिक परम्पराअनुसार, गणेश भगवानलाई सबैभन्दा प्रमुख देवता मानिन्छ र पूजा गर्दा सबैभन्दा पहिले उनका नाम लिने चलन रहेको छ। भगवान गणेशलाई ‘सिद्धि दिने’ र ‘वीर’ भगवानको रूपमा पूजा गरिन्छ, जसले विभिन्न समस्याहरूको समाधान गर्ने शक्ति राख्दछन्।
मंगलग्रहलाई समस्याको उत्पत्तिकर्ता मानिएकोले, मंगलबार गणेशको पूजा गर्दा मंगलग्रहको नकरात्मक प्रभावलाई कम गर्न मद्दत पुग्छ भन्ने विश्वास छ।
गणेश भगवानलाई प्रसन्न कसरी बनाउने ?
भगवान गणेशको पूजा विधिपूर्वक गर्ने केही सामान्य तरीका:
- प्रभातकालीन स्नान र चोखो कपडा: बिहान सबेरै उठेर स्नान गरेर शुद्ध कपडा लगाउने र मन शुद्ध पार्ने महत्त्वपूर्ण मानिन्छ।
- घरेलु पूजा वा मन्दिरमा पूजा: घरमा पूजा गर्न नसक्ने भए नजिकको गणेश मन्दिरमा गएर पूजा गर्ने राम्रो हुन्छ। मंगलबार विशेषगरी गणेशको पूजा गर्न उपयुक्त दिन मानिन्छ।
- व्रत र घ्यू अपर्ण: गणेशको पूजा गर्दा घ्यू (घी) अपर्ण गर्नु अत्यन्तै महत्वपूर्ण मानिन्छ, विशेष गरी यदि उद्देश्य धन प्रप्ति हो भने। घ्यूले भगवानलाई प्रसन्न बनाउने विश्वास छ।
- सख्खर र गुलिया चिजहरू चढाउने: गणेश भगवानलाई गुलिया चिजहरू, जस्तै सख्खर, प्रसादका रूपमा अर्पित गर्ने परम्परा रहेको छ।
- वस्त्र चढाउने: पूजा गर्दा वस्त्र पनि अर्पण गर्नुपर्छ, जसले भगवान गणेशलाई अझ खुशी बनाउन मद्दत गर्छ।
विधिपूर्वक पूजा गर्दा जीवनमा समृद्धि र सफलता आउने विश्वास गरिएको छ।
प्रतिक्रिया