शौचालयबाट निस्किँदा लडेर एक जनाको मृत्यु


हेटौँडा– आफ्नै घरको शौचालयबाट निस्कने क्रममा लडेर मकवानपुरमा एक युवकको मृत्यु भएको छ ।

मकवानपुरको हेटौँडा उपमहानगरपालिका–६ कल्यानटारका २८ वर्षीय उद्धव राई रहेका छन् । उनी मङ्गलबार साँझ आफ्नै घरको शौचालयबाट निस्कने क्रममा शौचालय बाहिर लडेर बेहोस भएका थिए ।

राईलाई उपचारका लागि हेटौँडा अस्पताल ल्याइएकोमा उपचारको क्रममा गएराति डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । राईको शव हेटौँडा अस्पतालको शव गृहमा रहेको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।