आँखा किन फरफराउछ ?आँखा फर्फरायो भने के हुन्छ भनेर आम मानिसमा जान्ने चाहाना हुन्छ । ज्योतिष शास्त्रको अनुसार आँखा फरफराउँदा यसको संकेतले के लक्षण देखाउछ भन्ने धार्मिक मान्यता रहेको छ । घटना हुनु अगावै यसको संकेतले शुभ–अशुभ लक्षण देखाउछ भन्ने विश्वास रहेको छ । यस्को संकेतले धेरै तरिकाले फल प्राप्त हुन सक्छ वा सक्दैन भन्ने पनि धार्मिक मान्यता रहेको छ । अङ्ग फरफराउन केही खास सपना देख्नु पर्छ । ज्योतिष शास्त्रमा आँखा फरफराउँदा हुने केही संकेतका बारेमा चर्चा गरिएको छ ।
आँखा फरफराउँदा महिला र पुरुष दुबैमा अलग अलग अर्थ दिने गर्दछ । पुरुषको दाँया आँखाको माथिल्लो भाग फरफराउँदा लाभको संकेत मानिन्छ र साथ साथै धन लाभ हुने संभावना हुने ज्योतिषको मान्यता छ । तर आँखाको मुनीको भाग फरफराएमा यसले अशुभ घटनाको संकेत गर्ने मान्यता छ ।
महिलामा को हकमा भन्नु पर्दा दाँया आँखा फरफराउनु अशुभ मानिन्छ भने महिलाका लागि बायाँ आँखा फरफराउँदा शुभ घटनाको पूर्व सूचना मानिनछ । तर पुरुषको बायाँ आँखा फरफराएमा उनीहरूको मानमा हानी हुने संकेत मानिन्छ । महिलाको लागि भने यसले सफलता संकेत गर्दछ ।
यदि दुवै आँखा एकसाथ फरफराएमा पुराना टाढिएका मित्रसँग भेट हुने पनि संकेत रहेको छ । यो संकेत महिला–पुरुष दुबैमा समान रुपमा लागु हुन्छ ।
प्रतिक्रिया