काठमाडौं– भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङचुक शुक्रबार काठमाडौं आउने भएका छन् । उनी २१ गते बिहान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने र सोही दिन फर्किने भएका छन् ।
बिहीबारदेखि भारतको औपचारिक भ्रमणमा निस्किने उनी भारत भ्रमण सकेपछि काठमाडौंमा केहीबेर रोकिने भएका हुन् ।
भारतको विदेश मन्त्रालयले सार्वजनिक गरेको भुटानी राजाको भ्रमण तालिका अनुसार वाङचुक ९ः१० बजे इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने छन् । सोही दिन ११ः३० बजे उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्ने कार्यक्रम छ ।
त्यसपछि भारतीय विदेश मन्त्री एस जयशंकरसँग भेट्ने र शुक्रबार बिहान ८ बजे भारतबाट फिर्ता हुने तालिका छ ।
शुक्रबार भारतबाट फर्किपछि उनी काठमाडौं आउने भएका हुन् । यद्दपी उनले कस कसलाई भेट्नेछन् भन्नेबारे हालसम्म खुलाइएको छैन । स्वयम्भू र बौद्धनाथ दर्शन गरेर फर्किनसक्ने सम्भावना रहेको बताइएको छ ।
भुटानी राजा केही घण्टा काठमाडौं विमानस्थलमा रोकिने भएपछि काठमाडौंमा आवश्यक सुरक्षा तयारी अघि बढाइएको छ । उनको सुरक्षाका लागि नेपाली सेनाले अभ्यास समेत गरेको छ ।
प्रतिक्रिया