‘छक्का पन्जा’ जस्तो ब्रान्ड फिल्मको टिमका मुख्य दुई सदस्य दीपकराज गिरीले केही वर्ष एकसाथ पर्दा शेयर नगर्ने भएका छन्।
केदारले बाहिरी व्यानरका फिल्म धमाधम साइन गरिरहेका छन् । उनले ‘जेरीः अन टप’मा काम गरिरहेका छन् । उनले ‘कंगारु र माइतीघर’ पनि साइन गरिसकेका छन् । यस्तै, उनले ऋषि लामिछानेको निर्देशनमा बन्न लागेको फिल्म पनि साइन गरेका छन्।
केदारको लाइनअप लामो बन्दै जाँदा कतै उनी दीपकराज गिरीको टिमबाट अलग भएका त होइनन् भन्ने चर्चा पनि चलेको छ । तर, दीपक र केदार अलग भएका भने होइनन् ।
उनीहरुले एकसाथ फिल्म ‘छक्का पन्जा ६’मा काम गर्नेछन् । यो फिल्मलाई ३ बर्षपछि मात्र बनाउने तयारी गरिएको छ । यसैले, यो फिल्म अगाडि दीपक र केदारले फरक फरक व्यानरका फिल्ममा काम गर्नेछन् ।
दीपकराजले पनि बाहिरी व्यानरको फिल्ममा काम गर्ने तयारी गरेका छन् । उनलाई केही बाहिरी व्यानरका फिल्मबाट अफर गएको छ । उनी, ती फिल्ममा काम गर्ने तयारीमा छन्, जुन फिल्ममा केदारको भूमिका रहने छैन । यसैले, यी दुइले एक दशक एकसाथ काम गरेपछि फरक फरक टिमको फिल्ममा काम गर्ने तयारी गरेका हुन् ।
प्रतिक्रिया