फिल्म ‘कार्साङ’को टिजर सार्वजनिक भएको छ । पौषको २६ गतेबाट रिलिजमा आउन लागेको यो फिल्मको टिजरमा शेर्पा समुदायको संकृती र व्यथा देखाइएको छ ।
गरिबी, अभाव, निसन्तानपनले दिएको दुःख, दाम्पत्य जीवनमा श्रृजना हुने झगडाको कथालाई टिजरमा देखाइएको छ । ऋण, सरसापटले काम चलाउने ग्रामिण परिपाटी, एक जोर नयाँ लूगाका लागि सन्तानले गरेको अपेक्षा पुरा गर्न नसकेका अभिभावकको पीडा टिजरमा देखाइएको छ ।
यम शेर्पाको डेब्यू निर्देशनमा तयार भएको फिल्मले शेर्पा समुदायको संस्कृतीलाई बोल्छ । फिल्ममा दयाहाङ राई, सिर्जना निङलेखु, जितु नेपाल, दीया मास्के, वुद्दि तामाङको मुख्य भूमिका छ । साथै, फिल्ममा श्रृष्टी गौतम, डोमा होल्मो, प्रेम लोप्चन, सुरविर पण्डित, कविता आले लगायतका कलाकारहरुको पनि अभिनय छ ।
फिल्ममा बाल कलाकारको रुपमा राशी लिम्बु र सोहन थापाले अभिनय गरेका छन् । हर्क साउद र डीपी खनालको शब्द रहेको फिल्मको गीतमा मनोज थापा मगर, एसडी योगी र बिशो डोङको संगीत छ ।
यार्सा फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मस्को प्रस्तुतिमा तयार भएको फिल्ममा गोविन्द बोहरा सह–निर्माता, आङछिरिङ शेर्पा कार्यकारी निर्माताको रुपमा छन् । फिल्मका निर्माता पुरुषोत्तम प्रधान हुन् । फिल्ममा भूपेन्द्र अधिकारीको सम्पादन, अभि लामाको कोरियोग्राफी छ ।
प्रतिक्रिया