काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्य तीन सय रुपैयाँले बढेको छ । बुधवार तोलामा एक लाख ५० हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज तीन सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला एक लाख ५० हजार ७ सय रुपैयाँ कायम भएको छ ।
त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । बुधबार प्रतितोला एक हजार ८६५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज तोलामा एक हजार ८८० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया