कातिकको ३० गतेबाट पोष्टपोन्ड भएको फिल्म ‘केटी हराएको सूचना’को नयाँ प्रदर्शन मिति तय गरिएको छ । यो फिल्म अब माघको ११ गतेबाट रिलिजमा आउने भएको छ । वितरण कम्पनीसँगको सल्लाहामा फिल्मको नयाँ प्रदर्शन मिति तय गरिएको निर्माणपक्षले बताएको छ ।
फिल्मको निर्माणपक्षले नयाँ पोष्टर पनि सार्वजनिक गरेको छ । सार्वजनिक पोष्टरमा फिल्मका मुख्य दुई कलाकारहरु नायक नाजिर हुसेन र नायिका श्रृष्टी श्रेष्ठलाई स्थान दिइएको छ । दीपेन्द्र गौचनको निर्देशनमा तयार भएको यो फिल्ममा संजय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कोशल्या ठाकुर, ललितादेवी मिश्र लगायतका कलाकारहरुको अभिनय छ ।
नकिम उद्दिन कार्यकारी निर्माता रहेको फिल्ममा दीपेन्द्र गौतमको कथा र लेखन, अमित पोखरेल र अमितेष शाहको सहायक लेखन, अमित पोखरेलको स्क्रिप्ट सुपरभिजन छ । अमर महर्जनको डीओपी, निमेष श्रेष्ठको सम्पादन, शंकर महर्जनको एक्सन, दीपेन्द्र गौचन, प्रवेश मल्लिक, करुण थापाको संगीत, राजीव कर्णको कोरियोग्राफी यो फिल्ममा छ ।
फिल्मको टिजरलाई दर्शकले रुचाइसकेका छन् । यसपटक, केही फरक प्रेम कथामा फिल्म बनाएको दाबी निर्माताको छ ।
प्रतिक्रिया