दुई महिनामा टिकटकले हटायो ६ हजार बढी भिडियो


काठमाडौं– लामोसमयको प्रतिबन्धपछि नेपालमा सञ्चालनमा आएको चर्चित एक ‘टिकटक’ले पछिल्लो समय कडाइ गर्न थालेको छ ।

यसै क्रममा पछिल्लो दुई महिनामा नेपालमा आफ्नो कम्युनिटी गाइडलाइन्स उल्लंघन गर्ने ६ हजार ७८ भिडिओ हटाएको छ । अप्रिल र जुन महिनामा पोस्ट गरिएका ती भिडियोमध्ये ९९.१ प्रतिशत भिडिओ तत्कालै हटाइएको टिकटकले जनाएको छ । त्यस्तै ९३.२ प्रतिशत २४ घण्टाभित्रै हटाइएको छ ।

टिकटकलाई मर्यादित र व्यवस्थित बनाउनका लागि उमेर समूहको वर्गीकरण समेत गरिएको टिकटकले जनाएको छ । निर्देशन अनुसार टिकटकमा डाइरेक्ट मेसेज पठाउन प्रयोगकर्ताको उमेर कम्तीमा १६ वर्ष र लाइभ स्ट्रिमिङका लागि १८ वर्ष हुन आवश्यक छ ।