काठमाडौं– नेपाल प्रिमियर लिगमा बिहीबारको दोस्रो खेलमा काठमाडौं गुर्खाज्विरुद्ध सुदूरपश्चिम रोयल्सले व्याटिङ गरिरहेको छ । टस हारेर व्याटिङको निम्तो पाएको सुदुरपश्चिमले १५.३ ओभरमा तीन विकेट गुमाएर १२७ रन बनाएको थियो । मैदानमा सुदुरपश्चिमका रोहन मुस्तफा र दिपेन्द्र सिंह ऐरी थिए ।
काठमाडौं गुर्खाजका लागि रसिद खानले बलिङ गरिरहेका थिए । रसिदले हानेको बल गएर विकेट किपरमा लाग्यो र मुस्ताफा आउट हुँदै काठमाडौंले चौँथो सफलता हार पार्यो ।
यसपछि एनपीएलमा डिजिटल प्लेटफर्ममा लाइभ देखाइरहेको क्यामेरा काठमाडौं गुर्खाजका ओनर शृङ्खला खतिवडा र सम्भव सिरोहितातर्फ मोडियो । जहाँ आफ्नो टोलीले विकेट लिएको खुसी हुँदै सम्भवले श्रीमतीको गालामा चुम्बन गरे ।
काठमाडौं गुर्खाजले एनपीएलमा आज तेस्रो खेल खेलिरहेको छ । सोमबार खेलेको पहिलो खेलमा चितवन राइनोजसँग पाँच विकेटले पराजित भएको काठमाडौं गुर्खाजले दोस्रो खेलमा कर्णाली याक्सलाई तीन विकेटले पराजित गरेको थियो ।
यस्तै एनपीएलमा दोस्रो खेल खेलिरहेको सुदुरपश्चिमले भने पहिलो खेलमा नै जीत निकालेको थियो । पहिलो खेलमा विराटनगर किंगसलाई सुदुरपश्चिमले ९० रनले पराजित गरेको थियो ।
प्रतिक्रिया