लुक्लाको छायांकन सकेर फिल्म ‘जेरीः अन टप’को टिम काठमाडौंमा छ । यो फिल्मको छायांकन हाल काठमाडौंमा धमाधम चलिरहेको छ ।
यसैबिच, फिल्मको छायांकन चलिरहँदा मुख्य दुई कलाकार केदार घिमिरे र आँचल शर्माको गेटअप बाहिरिएको छ । केदार आफैले सामाजिक संजालमा आँचलसँगको तस्वीर सार्वजनिक गरेका हुन् ।
उसो त, आँचल र केदारको नायक अनमोल केसी र नायिका जसिता गुरुङसँगको तस्वीर र भिडियो लुक्ला छायांकनका क्रममा पनि सार्वजनिक भएकै हो ।
काठमाडौंको छायांकनका क्रममा भने उनीहरुको गेटअप पृथक लाग्छ । यसले, फिल्मप्रति दर्शकको कौतुहलता बढाउने देखिएको छ ।
सुयोग गुरुङको निर्देशनमा सरोज न्यौपानेको निर्माणमा बनेको यो फिल्मले मित्रता र प्रेमको कथा भन्छ । फिल्ममा केदारको भूमिकाले दर्शकहरुलाई अझै बढी सरप्राइज दिने देखिन्छ । फिल्ममा भुवन केसी, उषा खड्गी लगायतका कलाकारहरुको पनि अभिनय छ ।
प्रतिक्रिया